सन्धिखर्कमा न्यायिक समितिको क्षेत्र अधिकार र मेलमिलापकर्ताको दुईदिने तालिम शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । न्यायिक समितिको क्षेत्र अधिकार र मेलमिलापकर्ताको आधारभूत सीप लगायत का बिभिद बिषयमा सरोकारवाला का बिचमा दुईदिने तालिम सन्धिखर्कमा सुरु भएको छ ।
तालिमको एक समारोहबीच जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले उदघाटन गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश पौडेल सहज र सरल तरिकाबाट जनता लाई न्याय दिलाउन न्यायिक समिति लाग्नु पर्ने बताउदै जनताको काममा दत्तचित्त भएर लाग्नका जनप्रतिनिधि हरुलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरबासि हरुको चाहान बमोजिम बिकास निर्माणले तिब्रता लिएको बताउदै भष्टचार मुक्त सफा सुन्दर नगरपालिका बनाउनका लागि अाफुहरु लागेको बताउदै नगरबासिहरुको सहयोग बाट देशको नमुना नगरपालिका बनाउन मा अाफुहरु सफल हुने बताउदै जनमुखि न्याय दिलाउनु न्यायिक समितिको काम कर्तब्य अधिकार भित्र पर्ने भएको ले सोही अनुसार गर्नु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले न्यायिक समितिको काधमा राज्यले ठूलो जिम्मेवारी सुम्पेको बताउदै जनतालाई सरल र नियमसगत ढंगबाट निस्पक्ष न्याय दिलाउनु पर्नेमा जोडदिदै सफलताको शुभकामना ब्यक्त गर्नु भयो।
कार्यक्रम सन्धिखर्क नगरपालिका का उपप्रमुख तथा न्यायिक समितिका सयोजक ठाकुर कुमार बिक ले जनमुखि न्याय दिनका निम्ति अाफुहरुले कुनै कसुर नराख्ने बताउदै सम्बिधानको मर्म र भावना अनुसार काम गर्ने मा अाफुहरु प्रतिबद्ध रहेकोमा मा जोड दिनु भयो । 
कार्यक्रममा नगरपालिका का कार्यकारी अधिकृत रमेस गौतम जिल्ला न्याधिबक्ता रोमाकान्त ज्ञवालि लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा १२ वार्डका ६0 जना नागरिक अगुवा तथा न्याय क्षेत्र सग चासो राख्ने सरोकारवाला हरुको सहभागी ता रहेको छ । 
 कार्यक्रम ठाकुर कुमार बिक को अध्यक्ष ता न्यायिक समितिका सदस्य पृतम बहादुर थापाको स्वागत मन्तब्य प्रभक्ता लिला राम गौतमको मन्तब्यबाट सुरु भएको हो ।