सन्धिखर्कमा ३ वटा सवारी साधन र मोटरपार्ट सोरुम फोरेर मध्यरातमा चोरी

 विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सुजुकी मोटरपार्ट सोरुम, २ वटा ट्याक्सी र हायसका सिसा फोरेर मध्यरातमा चोरी भएको छ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा गयराती १ अटो केयर सहित ३ वटा सवारी साधनहरु तोडफोड भएका छन् । तोडफोड हुनेमा सदरमुकाम सन्धिखर्कको चुत्राबसीमा संचालित संयुक्ता अटो केयर (मारुती सुजुकीको आधिकारीक विक्रेता),  देउराली यातायात व्यवसायी समितमा सञ्चालित बा ५ ख ३६३ नं ।को टोयटा हाइर्स र अर्घाखाँची ट्याक्सी व्यवसायी समितिमा संञ्चालीत लु १ ज ३६१५ र लु १ ज २९२३ नम्वरका मारुती सुजुकी अल्टो ट्याक्सी रहेका छन् । 
मध्यरातमा लगभग एकै समयमा चोरले तोडफोड तथा चोरी गरेको हो । चोरले संयुक्ता अटो केयर तोडफोड गरी १ थान ल्यापटप, सि ।सि ।टि ।भि ।जडान भएको डिभियारको १ थान एल ।सि ।डी । मनिटर लगायत क्यास सहित अन्य सामानहरु पनि चोरी गरेको छ, त्यस्तै लु १ ज २९२३ नम्वरको ट्याक्सीको चालक ढोकाको सिसा फुटाई १ बुफर १ पेनड्राईभ चोरी गरेको छ भने बा ५ ख ३६३ नं ।को हाईस र लु १ ज ३६१५को ट्याक्सीको एल ।सी ।डी ।, साउण्ड सिस्टम लगायतका सामानहरु चोर्ने उद्देश्यका साथ तोजफोड गरेपनि ढोकाको सिसामात्र फुटाएको छ ।
स्मरण रहोस यहि पौष १० गते राती पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुरक्षाका लागि सि ।सि ।टि ।भि जडान गरेको ५–७ मिटरको दुरीमा पर्ने चुत्राबेसी पुरानो बसपार्क हालको जिप काउन्टरवाट बा ३ ख ९५२२  नम्वरको टोयटा हाईसको सिसा फुटाई हाईसको एल ।सि ।डि चोरी गरेका र बा ४ ख ६६८५ नम्वरको टोयटा हाईसको सिसा र हाईसमा भएको एल iसि डि समेत फुटाएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुरक्षाका लागि सि ।सि । टि ।भि जडान गरेपनि सि ।सि । टिभीको सामुन्नेमा यसरी दिन प्रतिदिन तोडफोड तथा चोरीका घटनाहरु बढ्दै जादा स्थानीय वासीन्दाहरु तर्सित छन् । यसरी दिन प्रतिदिन तोडफोड तथा चोरीका घटना फस्टाउदै जानुले जिल्लाको शान्ती सुरक्षा माथि नै प्रश्न चिन्ह खडा भएको छ । 
यस्तै चुत्राबेशी बजारमा पार्ककिङ गरेर राखेका २ वटा ट्याक्सी र हायसका सिसा फोरेर एल. सि. डि. टेलिभिजन, क्यामरा लगायत गाडी भित्र भएका महत्वपूर्ण सामाग्री चोरी भएको छ। प्रहरीले घटनास्थलमा ३ वटै गाडीबाट मुचुल्का उठाउदै छ ।
यस्तै चोरी गर्ने गिरोहको तिब्रताका साथ खोजीकार्य भईरहेको जिल्ला प्रहरी अर्घाखाँचीले बताएको छ ।
अर्घाखाँचीमा पछिल्लो समय चोरीका घट्ना बढेको देखिन्छ ।   

तस्बिर:- सहयोगी बिसी