गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । प्रदेशसभा क्षेत्र नम्बर १ अर्घाखाँचीका सांसद चेत नारायण आचार्यले शिक्षा नै विकासको मेरुदण्ड भएको भन्दै समय अनुकुल शिक्षा नितिलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
हिजो सन्धिखर्कमा सम्पन्न भएको प्याब्सन अर्घाखाँचीको सातौं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले ब्याक्ति,समाज र मुलुकलाई रुपान्तरण गर्ने शिक्षालाई कस्तो बनाउने भन्ने जिम्मा जनप्रतिनिधिको कांधमा आएको बताएपछि सांसद आचार्यले नेपालमा बेरोजगार घटाएर समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्ने शिक्षा निति बनाउन आफुहरु लागि पर्ने बताउनुभयो ।
भर्खरै निर्बाचित स्थानिय,प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा बोल्दै प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष निर्मल उपाध्यायले सरकारले निजि क्षेत्रलाई कर्नरमा राखेर हेर्ने गरेको आरोप लगाउंदै सरकारको दृष्टीकोणमा परिवर्तन नभए सम्म देशमा समृद्धि हांसिल हुन नसक्ने जिकिर गर्नुभएको छ ।
प्याब्सन जिल्ला अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता,उपाध्यक्ष इन्द्र बहादुर क्षेत्रीको स्वागत मन्तव्य र सह सचिव नारायण खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन पांच नम्बर प्रदेश अध्यक्ष कृष्ण खनाल,सल्लाहकार अर्जुनलाल नेवार,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,भुनपा प्रमुख रेसम थापा,छत्रदेव उप प्रमुख तुलसादेवी श्रेष्ठ,मालारानी उप प्रमुख प्रमिला क्षेत्री,जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री,पाणिनि बहुमुखी क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री,अर्घाखाँची शिक्षा क्याम्पस प्रमुख श्रीकृष्ण भुसाल,एमाले जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला,कांग्रेस उप सभापति शान्ता भण्डारी,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जि.सी.लेकाली लगायतले पनि मन्तब्य राख्नु भएको थियो ।