अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ साविक पोखराथोक -८ पातलकी विबाहित युवती बेपत्ता भएकी छिन् ।
पोखराथोक पातलका कृष्ण बहादुर सुनारकी २३ वर्षिया श्रीमती शान्ती सुनार यही पौष ११ गते देखि ४ वर्षको छोरा अर्जुन सुनारलाई छोडि बेपता भएकी हुन् ।
पाल्पा जिल्लाको छहरा ३, रैना देबि अरदाई माईत गरेकी शान्ती पाणिनी गाउँपालिका वार्ड नम्बर ४ मा रहेको निगालीमा औषधी गर्न जान्छु भनेर घरबाट हिंडेकी थिईन् ।
११ दिन देखि बेपत्ता भएकी शान्तीको खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएका छन् । उनलाई देखेमा नजिकको प्रहरी चौकी वा ९८०५४११३२३, ९८४५७१२०९३ मा संपर्क गरिदिन र फेला पर्नेलाई उचित पुरस्कार दिने भनी परिवारले अनुरोध गरेका छन् ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय भागेर परपुरुषसँग जाने युवतीको संख्या बढेको देखिन्छ ।