प्रदीप सूर्यवंशी
पाणिनी , अर्घाखाँची पौष २३ आईतवार (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ साविकको मैदान ७ स्थित लहरधारा र धजाबाध्ने बिचको धुले पहिरोको स्थिति निकै ख़तरनाकभएको हुदा कयौँ स्थानियवासीले सास्ति वोक्नु परेको छ ।
त्यो वाटोको समितिले यस क्षेत्रमा चार पाँच पटक JCV लगाएर सफ़ा गरेता पनि खरखरे माटो नियन्त्रण नहुदा त्यो सफल हुन नसकेको मसिना नेटा वाटो समितीका अध्यक्ष ईन्द्रमणी घिमिरेले अर्घाखाँची डटकमलाई बताएका छन । यस बाटोमा आज JCV लगाएर तत्काल समस्या त तारिन्छ तर भोलिपल्ट त्यहि स्थिति आउने भएको हुदा यसलाई स्थायी नियन्त्रण गरि जनतालाई यस सास्तिमुक्त वनाउन पाणिनी ५ का जनताले पटक पटक नियमन पक्षलाई अनुरोध गर्दै आएका छन् ।
पुस २१ गते यस विषयमा छलफल गर्नको लागी मैदानको वडा कार्यालयमा करिव ५० – ६० उपस्थित भई मैदानको वडा अध्यक्ष जिवलाल घिमीरेसँग यस विषयमा कुरा उठाएको थियो । यस वाटोमा वडावाट पाँच लाख र गाँउ पालिकावाट एक लाख गरि जम्मा ०६,००,०००/- लाख बजेट परेको भएतापनि यो वाटो राम्रो संग मर्मत नभएको मसिना वर्थान लहहरेधारा भर्तापुरका स्थानीय वासीको गुनासो रहेका छन । यसै क्षेत्रमा केही वर्ष पहिला एक जनाको ज्यान समेत गईसकेको छ ।
उपल्लो मसिनावाट घाँसको भारी वोकेर नेटा तर्फ जाने क्रममा स्थानियवाँसी बावुराम भनिने थानेश्वर घिमिरे निकै अप्ठारो स्थितिमा पुगेको देखेर तत्काल भर्तापुरका ईन्द्र वहादुर सारुले उद्धार गरेका थिए । यस क्षेत्रमा यस्तो हुदाहुदै पनि नेताहरुले सहि विकास दिन नसक्नु कहा सम्म उचित हो त आम सरोकारवालाको प्रश्न हो भन्छन लहरेधारा स्थिति युवा पुष्कर वेल्वासे । यो क्षेत्र उच्च पहाड़ी पर्यटकीय क्षेत्र कालिकाठीको सेरोफेरो मात्र हैन ।
चुनढुंगा खानी मसिना र काठपातको भण्डार मानिने भर्तापुर स्थित संभावित औघोगिक क्षेत्रको विचमा पर्ने भएको हुदा जिल्ला र प्रदेश स्तरका नेताको पनि ध्यानाकर्षण गराउनु पर्नेमा धेरैको गुनासो छ । तस्वीर प्रदिप सूर्यवंशी/अर्घाखाँची डटकम/पाणिनी