भुमिकास्थानको नुवाकोटमा भैरव बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न

गोपाल प्रसाद भट्टराई

नुवाकोट, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेसम थापाले ग्रामिण भेगमा आर्थिक समृद्धिको बलियो अधार सहकारी भएको बताउनुभएको छ । 
भैरव बचत तथा ऋण सहकारी संस्था भुमिकास्थान-८ नुवाकोटको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख थापाले सहकारीले स्वरोजगारयुक्त कामको अबसर सिर्जना गरि आर्थिक उपार्जनमा टेवा दिने बताउंदै भुमिकास्थानलाई सहकारीमय नगरपालिका बनाउने उद्घोष गर्नुभएको छ ।
कृष्ण श्रेष्ठको अध्यक्षता,बलराम पौडेलको स्वागत मन्तव्य र केशव थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा रेडक्रस उप-शाखा नुवाकोटका कोषाध्यक्ष टेक बहादुर थापा,वडा सचिव चिरन्जीबी अधिकारी,शान्ता पौडेल,बुद्धिराम गैरे र चिरन्जीबी पौडेलले शुभकामना मन्तवय राख्नुभएको थियो । 
सहकारीका पुष्प श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चन्द्र प्रसाद श्रेष्ठले १ करोड ३ लाख,१३ हजार ५ सय ९५ रुपैयां बराबरको बार्षिक आय-ब्याय र १ करोड ६४ लाख,५३ हजार ९ सय ९५ रुपैयां आगामी अनुमानित बजेट समेटिएको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।