शितगंगा नगरप्रमुख अधिकारीद्वारा प्लाष्टिक टनेल वितरण

सुर्य प्रसाद भुसाल
शितगंगा, २४ पुस । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाका कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरिएकाे छ । 
शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले वेमाैसमि तरकारी उत्पादन गर्नका लागि ११३ वटा प्लाष्टिक टनेल एक कार्यक्रमकाे अायाेजना गरि नगरकाे ५० प्रतिशत अनुदानमा वितरण गर्नुभएकाे हाे । 
टनेल वितरण गर्दै अधिकारीले कृषिबाट अात्मनिर्भर बन्न सकिने भएकाले राम्रोसँग टनेल निर्माण गरि वेमाैसमी तरकारी उत्पादन गर्न अाग्रह गर्नुभयाे । 
टनेल वितरणमा जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरलाल गैरेले वेमाैसमी तरकारी उत्पादन गर्नका लागि सहज हुने भन्दै जिल्लामा हुने कृषिका कार्यक्रम नगर तथा वडामा अाउँदा अनुदानमा अाउँने सामान लिन जिल्ला धाउनबाट सहज भएकाेले नगरले वडामै अाएर कृषिका सामानहरू वितरण गरेकाे बताउँनुभयाे ।