धारापानीमा पुर्ण सरसफाइ तथा महिनावारी हुँदाकाे सरसफाइ व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न (भिडियो, तस्बिर सहित)

प्रेम खड्का
धारापानी, अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा न ३ र ४ स्तरीय महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ अामा समुह, महिला सहकारी,महिला शिक्षक र किशोरी छात्राहरूकाे एक दिने पुर्ण सरसफाइ तथा महिनावारी हुँदाकाे सरसफाइ व्यवस्थापन सम्बन्धि तालिम अाज शान्ति मावि धारापानीमा सम्पन्न भएकाे छ ।
डब्लु वास सिसिकाे अायाेजनामा प्रकाश सचेतन समूह प्रागकाे सहजीकरण तथा ग्लाेबल सेनिटेसन फण्ड, यु एन हेविटाटकाे सहयाेगमा तालिम सञ्चालन गरिएको हाे ।
डब्लु वास सिसिका अध्यक्ष एवं भुनपा ४ का वडा अध्यक्ष बाबुराम सुनार पन्थीले  तालिमकाे उद्घाटन  गर्नु भएकाे थियाे । उहाँले खानेपानी र सरसफाइकाे अधिकार हाशिल गर्न नागरिकको भूमिका निर्वाह गर्न  सरसफाईकाे महत्त्व बुझेर नागरिक स्वयमले सरसफाइकाे जिम्मेवारी लिनु पर्ने धारणा व्यक्त गर्नु भएको थियाे ।
प्रमुख अतिथि यु एन हेविटाटका जिल्ला संयाेजक बिष्णु दवाडीले महिलाहरूले अाफ्नाे प्रजनन अंग र त्यसको भुमिका प्रति जानकार भएर महिला तथा महिनावारी हुनुमा गर्व गर्दै महिनावारी हुँदाकाे समयमा गरिने सामाजिक विभेद हटाउन, सुरक्षित  तरिका अपनाएर महिनावारी व्यवस्थापन गर्नु पर्ने, विद्यालयहरूमा महिनावारीमैत्री सुबिधाकाे व्यवस्थापन  र कपडाको प्याड बनाउनेतर्फ  लाग्नुपर्ने धारणा राख्नु भएकाे थियाे ।
तालिममा महिनावारी स्वच्छता, पुर्ण सरसफाइका चरणहरू, सूचकहरू, बनाउनु पर्ने संरचनाको बारेमा प्रमुख अतिथिले सहजीकरण गर्नु भएकाे थियाे ।
हात धुनु पर्ने बिषयमा प्रागका वास अफिसर श्यामसुन्दर ढुंगानाले  सहजीकरण गर्नु भएकाे थियाे । हे पाे ईन्चार्ज जान बहादुर पुनले स्वागत मन्तब्य, श्यामसुन्दर ढुंगानाले सञ्चालन गर्नु भएकाे तालिममा    हेपाेका अहेव राम बहादुर केसी, सहजकर्ता रञ्जना केसी सहित ५२ जनाकाे उत्साहपुर्ण सहभागिता रहेकाे थियाे । सहभागीहरूले पुर्ण सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धि ५ बुदे प्रतिबद्धता समेत जाहेर गरेका छन् ।