निर्माण व्यवसायी संघ अर्घाखाँचीद्दारा निर्माणकार्यका सामाग्रीहरुमा भएको मूल्य बृद्धि तत्काल फिर्ता नलिए ठप्प पार्ने चेताबनी

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सरकारले जथाभावी निर्माणकार्यका सामाग्रीहरुमा मूल्य बृद्धि गरेको भन्दै निर्माण व्यवसायीहरुले अापत्ति जनाउदै बृद्धि गरिएको मुल्य तत्काल फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई चेताबनी दिएको नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीले बताउनु भएको छ । 
केहि दिन यता निर्माणका सामाग्रीहरु छडमा अघोषित रुपमा प्रतिकेजि ११ रुपैयाँ सिमेन्टमा १ रुपैयाँ भन्दा बढि ग्याभिङ तारमा प्रति केजि १५ रुपैयाँ मूल्य अघोषित रुपमा बृद्धि भएको बिरोधमा अाफुहरु अान्दोलित हुनु परेको अध्यक्ष अधिकारीले सन्चारक्रर्मीलाई जानकारी दिनु भयो ।
निर्माण व्यवसायी संघ अर्घाखाँचीले बुधाबार दिउसो तिन बजे प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत बृद्धि गरिएको मुल्यबृद्धि फिर्ता लिन सरकार समक्ष ज्ञापन पत्र बुझाउने र अाफुहरुका मागहरु पूरा नभए निर्माणका कार्यहरु ठप्प पार्ने चेताबनि समेत युवा ब्यबसाही तथा अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारिले  दिनु भयो ।
निर्माण व्यवसायी संघका ६ जिल्ला साबिक लुम्बिनी अन्चलका जिल्ला अध्यक्षहरुको संयुक्त बैठक केहि अगाडि बुटबलमा बसि बृद्धि गरिएको निर्माण सामाग्रिको मूल्य फिर्ता लिन सम्बन्धित निकायलाई अाग्रह समेत गरि अन्य जिल्लाहरुमा पनि ज्ञापनपत्र बुझाउने काम भईरहेको उहाले बताउनु भयो ।
निर्माण व्यवसायी संघ अर्घाखाँचीले गुणस्तरीय काम गर्नका लागि सबै ब्यबसाहीहरुलाई अाग्रह गर्दै अाएको छ ।
अर्घाखाँचीका ब्यबसाहीहरुले समयमा बिगत देखि नै काम सम्पन्न गर्ने गरेका छन । व्यवसायीहरुको हक र अधिकारका निम्ति अाफुहरु अान्दोलनमा उत्रनु पर्ने बेला अाएको निर्माण व्यवसायी संघ अर्घाखाँचीका सह-अध्यक्ष कासिराम बस्यालले बताउनु भयो ।
अर्घाखाँचीमा व्यवसायीहरु गुणस्तरीय काम छिटो छरितो गर्न एकजुट छन । बुधबार ३ बजे ज्ञापनपत्र बुझाउन जिल्ला प्रसासनमा उपस्थित हुन सबै  निर्माण व्यवसायीहरुलाई अाग्रह गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।