एमाले नेता चौहानको सम्झनामा श्रद्धाञ्जली सभा सन्धिखर्कमा सम्पन्न

शोभाखर पन्थी 
अर्घाखाँची पुस २५ । नेकपा एमाले सन्धिखर्क नगर कमिटीले  सदरमुकाम  सन्धिखर्कमा  श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 
एमालेका दिवंगत नेता जीवन कुमार चौहानको १३ औं  दिनको  पुण्य तिथिको अवसर पारी आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्ने वक्ताहरुले जिल्लालाई अपुरणिय क्षति भएको बताए ।  
कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा क्षेत्र नं. १ का सदस्य चेतनारायण आचार्यले स्वर्गीय जीवन कुमार चौहानले मुलुकको परिवर्तन र सामाजिक न्यायको निम्ति खेल्नु भएको भूमिका अतुलतिनय रहेको बताउनु भयो । 
पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यको निम्ति जिल्लामा नेतृत्वदायी भूमिका खेल्नु भएका स्वर्गीय चौहान आम गरिव शोषित , पीडित, जनताको  प्रिय नेता भएको भन्दै उहाँले  जीवन चौहानका अधुरा सपना  साकार पार्न आफू सदा समर्पित रहने बताउनु भयो । 
नेकपा एमाले  सन्धिखर्क नगर  समन्वय कमिटीका संयोजक युवराज श्रेष्ठको अध्यक्षता र सचिव श्रीकृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्कुल विभागका सदस्य वुद्धिबहादुर रायमाझी, जिल्ला उपसचिव प्रेमनारायण गैरे, जिल्ला सचिवालय सदस्य वुद्धिराम भुसाल,  रामचन्द्र पोख्रेल, सरत भुसाल, भोज बहादुर गन्धर्व, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज वञ्जाडे, वडा नंं २ का अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, महिला नेतृ विजुला रायमाझी, शुष्मा श्रेष्ठ, पुष्पा भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि.सी लेकाली, एमाले सन्धिखर्क नगर कमिटीका प्रचार विभाग प्रमुख विष्णु परियार लगायतका वक्ताहरुले मन्तव्य राख्दै  स्वर्गीय  चौहानको निधनले जिल्लाले एउटा इमान्दार कर्तव्यनिष्ट र लगनशिल नेता गुमाएको भन्दै  उहाँका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।