सुर्य भुसाल्
सन्धिखर्क । सरकारले जथाभावी निर्माणकार्य का सामाग्री हरुमा मूल्य बृर्दि गरेको भन्दै निर्माण ब्यबसाहि हरुले अापत्ति जनाउदै बृर्दि गरिएको मुल्य तत्काल फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई चेताबनि दिएको नेपाल निर्माण ब्यबसाहि सघ अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारी ले बताउनु भएको छ ।
केहिदिन यता निर्माणका सामाग्री हरु छडमा अघोषित रुपमा प्रतिकेजि ११ रुपैयाँ सिमेन्ट मा १ रुपैयाँ भन्दा बढि ग्याभिङ तारमा प्रति केजि १५ रुपैयाँ मूल्य अघोषित रुपमा बृर्दि भएको बिरोधमा अाफुहरु अान्दोलि हुनु परेको अध्यक्ष अधिकारी ले प्रमुख जिल्ला अधिकारी लाई जानकारी गराउनु भयो ।निर्माण ब्यबसाहि सघ अर्घाखाँची ले बुधाबार दिउसो तिन बजे प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत बृर्दि गरिएको मुल्यबृर्दि फिर्ता लिन सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । अाफुहरुका मागहरु पूरा नभए निर्माणका कार्यहरु ठप्प पार्ने चेताबनि समेत युवा ब्यबसाही तथा अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारिले दिनु भयो ।
निर्माण ब्यबसाहि सघका ६ जिल्ला साबिक लुम्बिनी अन्चलका जिल्ला अध्यक्ष हरुको सयुक्त बैठक केहिदि अगाडि बुटबलमा बसि बृर्दिगरिएको निर्माण सामाग्रिको मूल्य फिर्ता लिन सम्बन्धित निकायलाई अाग्रह समेत गरि अन्यजिल्लाहरु मा पनि ज्ञापनपत्र बुझाउने काम भईरहेको उहाले बताउनु भयो ।निर्माण ब्यबसाहि सघ अर्घाखाँची ले गुणस्तरीय काम गर्नका लागि सबै ब्यबसाहि हरुलाई अाग्रह गर्दै अाएको छ ।अर्घाखाँची का ब्यबसाहि हरुले समयमा बिगतदेखि नै काम सम्पन्न गर्ने गरेका छन ।ब्यबसाहि हरुको हकर अधिकार का निम्ति अाफुहरु अान्दोलनमा उत्रनु पर्ने बेला अाएको निर्माण ब्यबहसाहि सघ अर्घाखाँची का सहअध्यक्ष कासिराम बस्यालले बताउनु भयो ।अर्घाखाँची मा ब्यबसाहिहरु गुणस्तरीय काम छिटो छरितो गर्न एकजुट छन ।बुधबार ३ बजे ज्ञापनपत्र बुझाउन जिल्ला प्रसासनमा ठूलो सख्यामा ब्यबसाहि हरु पुगेका थिए ।
ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी ले प्रधानमन्त्री को कार्यलय तत्काल पठाउने जानकारी गराउदै बिकास का कामहरू लाई निरन्तरता दिन ब्यबसाहि हरुलाई अाग्रह गर्दै भरपर्दाे गुणस्तरीय काम गर्न अाग्रह गर्नु भयो ।