भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने

प्रेम खडका
भूमिकास्थान । पुर्ण सरसफाइ अभियानले लिन थाल्याे स्वस्थ प्रतिष्पर्धा, वडा नं ४ लाई उछिन्ने लक्षयका साथ भुमिकास्थान नपा वडा नं ३ ले ताेक्याे लक्ष्य । २०७५ मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने । प्रमुख अथितिलाई वडा अध्यक्षले दिनु भयाे अाजै निम्ता । 
भुमिकास्थान नगरपालिका वडा नं ३ स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजनामा ग्लाेबल सेनिटेसन फण्डयु एन हेविटाटकाे सहयाेगमा प्रकाश सचेतन समुहकाे सहजीकरणमा  पाैष २५ गते गाैरी अाधारभूत विद्यालय परिसरमा सञ्चालन गरिएकाे खानेपानी,सरसफाइ तथा स्वच्छता याेजना ( वष प्लन्) तर्जुमा कार्यशालामा उपस्थित ७० जना सहभागीहरूले उक्त लक्ष्य ताेकेका हुन् । 
वडा अध्यक्ष एवं वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिका  अध्यक्ष बालकृष्ण बञ्जाडेकाे अध्यक्षतामा कार्यशाला सञ्चालन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि यु एन हेविटाटका अर्घाखाँची जिल्ला संयाेजक बिष्णु दवाडीले पुर्ण सरसफाइ सम्बन्धमा र याेजना तर्जुमा सम्बन्धि प्रशिक्षण गर्दै विगतमा हाशिल गरेका चारवटा उपलब्धिप्रति गर्व गर्दै एकजुट भएर पुर्ण सरसफाइ अभियानमा लाग्नुपर्ने बताउनुभएको थियाे । 
“पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा र दीगाेपन हाम्राे सराेकार सुरक्षित खाना- पानी स्वस्थकर अानीबानी हामी जिम्मेवार ” भन्ने नारा तय गरेकाे छ । 
कार्यशालामा चार समूह विभाजन गरि वडा तथा विद्यालयकाे खानेपानी,सरसफाइ र स्वच्छताकाे वर्तमान अबस्था र सुधार गर्नु पर्ने पक्षहरू, पुर्ण सरसफाइ अभियानमा अाउनसक्ने चुनाैतिहरू र त्यसकाे समाधान गर्ने उपायहरू, लक्ष्य, नारा, उदेश्य, रणनीति तथा कार्य नीति सम्बन्धमा समूह कार्य गरि प्रस्तुति गरिएको थियाे । 
त्यसैगरि पुर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन गर्नु पर्ने कृयाकलापहरू सम्बन्धि कार्य याेजना समेत तयार पारिएको थियाे । 
माघ महिनाभित्रै वष प्लन र सरसफाइमा अाचारसंहिता तयार पारेर कार्यन्वयन गर्ने निर्णय भएकाे छ । 
टाेल, बिद्यालय सबैकाे प्रयाशमा अभियान सञ्चालन गरिने भएको छ ।