सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख

सुर्य भुसाल्
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यनयन तर्फ उन्मुख भएको बताउनु भएको छ । उहाले भष्टचार मुक्त नगरपालिका बनाउने अाफनो योजना अनुसार पारदर्शी ढग बाट बिकासका योजनाहरु अगाडि बढाउन सम्बन्धित बिषयगत कार्यलय तथा मातहतका कर्मचारी तथा उपभोक्ता समिति हरुलाई अाग्रह गर्नु भएको छ ।
सन्धिखर्क नगरपालिका बाट सन्चालित विभिन्न खालका योजनाहरु  को अनुगमन तथा निरिक्षण गर्दै प्रमुख भुसालले नेपाल को नमुना सहरको रुपमा नगरक्षेत्र लाई बिकाश गर्नका लागि सबै को सहयोग अपरिहार्य रहेको बताउनु भएको छ ।
भुसालले कृर्षि पर्यटन पसुपालनको प्रचुर सम्भाबना भएका नगर पालिका भित्रका किसान हरुलाई नगरपालिका बाट विभिन्न खालका तालिम गोष्ठीको अायोजना गरेर तालिमको माध्यम बाट किषान हरुको बृर्दि बिकास गर्ने र नगरक्षेत्र भित्र तरकारि दूध अन्डालाई अात्म निर्भर बनाउने बताउदै जनताको पक्षमा काम गर्नका लागि सम्बन्धित निकायका कर्मचारी हरुलाई अाग्रह गर्नु भएको छ ।
भुसालले चुनाबमा अाफुहरुले गरेका प्रतिबद्धता लाई ब्याभारमा लागू गरेर देखाउने बताउदै केबलकारको अध्यान सुरु तथा सालझन्डि ढोरपाटन को निकासका लागि जनताको क्षेति नहुने गरि निकास निकाल्ने बिषयमा अध्यान गरिरहेको र प्राबिधिक ढगबाट पनि अध्यान सुरु भईरहेको बताउनु भएको छ । उहाले सन्धिखर्क बजारका जनताहरुलाई सफा र सोच्छ खानेपानि प्रयाप्त गराउनका लागि पनि बैकल्पिक मुहानहरुको अध्यान सुरु गरिएको भुसाले बताउनु भयो ।
 उहाले जनताको छिटो छरितो ढगबाट काम गर्नका लागि कर्मचारीलाई निर्देसन दिएको बताउदै जनमुखि र भष्टचार मुक्त  नमुना नगरपालि बनाउने अाफ्नो चुनाबि एजेन्डा मात्र नभई काम गरेर देखाउने दाबि गर्दै बिकास निर्माण लाई तिब्रता दिनेमा जोड दिनु भयो ।