सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न

प्रेम खड्का
सन्धिखर्क । ग्लाेबल सेनिटेसन फण्ड यु एन हेविटाटकाे सहयाेग, प्रकाश सचेतन समूहकाे सहजीकरण र सन्धिखर्क नगरपालिकाकाे अायाेजनामा बाँगी खाेला सरसफाइ गरियाे ।
 सन्धिखर्क नगरपालिकाका उप मेयर ठाकुर कुमार विश्वकर्माकाे अध्यक्षतामा अाज बिहान ८ : ३० बजे देखि १०: ३० बजेसम्म ईन्द्रेणी र शान्ति बगैंचा टाेल विकास संस्था बिचमा पर्ने फलामे पुल मुनिकाे बाँगी खाेला क्षेत्रलाई डाेजर समेत लगायर सरसफाइ गरियाे । पुल माथीबाट तल खाेलाकाे छेउछाउ तथा बिचकाे भागमा फालिएका बाेराका बाेरा तथा प्लाष्टिकका झाेलाहरूमा फ्याकिएका फाेहाेरहरू त्यहाँबाट उठाएर ट्रकमा राख्न समेत नसकिने ठाउँमा अत्यधिक फाेहाेर भएपछि डाेजर लगाईएकाे हाे । 
नदी सरसफाई अभियानमा फाेहाेरमैला व्यवस्थापन गर्न र नदीकाे सरसफाइ कायम राख्नु पर्नेमा दुबै टाेल विकास संस्था अन्तर्गतका बासिन्दाहरू, छाँया पाेलिक्लिक लगायतका बजार व्यवसायी अादि लाग्नु पर्ने र साैजन्य खाेजेर भएपनि ठाउँ ठाउँमा सचेतना तथा सावधान मुलक बाेर्ड राख्नु पर्ने धारणा यु एन हेविटाटका जिल्ला संयाेजक बिष्णु दवाडीले राख्नु भएकाे थियाे । 
अाजका नदी सरसफाइ अभियानकाे अध्यक्ष तथा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर बिश्वकर्माले यसरी फाेहाेर फाल्नु नागरिककाे सरसफाइमा गैरजिम्मेवारी पन भएकाे हुँदा नेपाल  सरकारले ताेके बमाेजिम रू ५ सय देखि ५ हजार  जरिवाना नगरेसम्म शहरमा बस्ने शिक्षित तर नगरपालिकालाई सरसफाइ कर नतिरी जथाभावी यसरी फाेहाेर फाल्ने सभ्य समाजका शत्रुलाई कार्वाही गरेरै भएपनि नदी क्षेत्र तथा सन्धिखर्क नगरपालिकालाई सफा र स्वच्छ बनाउने धारणा ब्यक्त गर्नु भएकाे थियाे । 
नदी सरसफाई अभियानमा सनपा १ का अध्यक्ष युवराज वन्जाडे, वडा न २ का अध्यक्ष माेतिजंग रायमाझी, प्रकाश सचेतन समुहका निर्देशक प्रेम नारायण गैरे, कार्यक्रम संयाेजक भविश्वर पाैडेल, वास अफिसर श्यामसुन्दर ढुंगाना, ईन्द्रेणी टाेल विकास समितिका अध्यक्ष, शान्ति बगैँचा टाेल बिकास समितिका सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका  प्रतिनिधिहरू, पत्रकार र सर्वसाधारण गरि करिब ७० काे सहभागिता रहेकाे थियाे ।