सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम

पहिलो प्रकासित मिती: पौष २६, २०७४ 

शोभाखर पन्थी
सन्धिखर्क , अर्घाखाँची पुस २६ ।    सन्धिखर्क वडा नं. ८ को कार्यालयको आयोजनामा  महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य प्रवद्र्धन सम्बन्धी तिन दिने तालिम पुस २६ देखि सुरु भएको छ ।  
सन्धिखर्क नगरपालिकाका  निमित्त प्रमुख गोविन्द केसीले तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै केसीले महिला स्वास्थ्य स्वयं सेविकाहरुले स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान पु¥याएको बताउँदै राज्यले उचित ढंगले सम्वोधन गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा  सन्धिखर्क नगरपालिका स्वास्थ्य इकाइ  सहसंयोजक धर्म पन्थी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष हरि प्रसाद भुसाल, पत्रकार अर्जुन भुसाल लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए । 
 हेल्थपोष्ट इन्चार्ज  तथा प्रशिक्षक मुमाराम भुसाल, अयव  यादव पाण्डे, अनमी लुमा पराजुलीले  कार्यक्रम माथि प्रकाश पारेका थिए । 
कार्यक्रम वडा नं. ८ का अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षता, वडा सदस्य नरायण अर्यालको स्वागत मन्तव्य र सदस्य देवी थापा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।