अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।

 चुत्रावेशी स्थित त्रिवेणीधाममा कृषि, पशुपालन, उद्योग मेला सँगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।हरेक वर्ष त्रिवेणी धाममा लाग्ने मेलामा यसवर्षपनी हजारौ दर्शकहरुले अवलोकन गरेका थिए ।मेलाको पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गर्दै अर्घाखाँची कृषिको लागी सम्भावना बोकेको जिल्ला हो,कृषि उत्पादन हुने क्षेत्रको वृहत अध्ययन गरी पकेट क्षेत्र घोषणा गरेर कृषिका कार्यक्रम अगाडी बढाउनुपर्छ भन्दै अब जिल्लामा यस्ता कार्यक्रम निरन्तर सन्चालन गरिने  प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा  सभा दुईका सासंद रामजीप्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला,जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महासचिव नेत्रप्रसाद भुसालले कृषि तथा पशुपालन मेला प्रभावकारी रहेको बताए ।अध्यक्ष श्रेष्ठले अर्घाखाँची जिल्ला भित्रका कृषकले उत्पादन गरेको कृषिजन्य सामाग्रीको   पहिचान  धार्मिक ऐतिहासिक मेलाले यहाँको विकास तथा घरेलु हस्तकलाको विक्री वितरण तथा उत्पादीत सामाग्रीलाई बजारप्रवद्धन गर्नका लागी मेलाको आयोजना गरेको बताए ।मेलामा राष्ट्रिय कलाकार खुमन अधिकारी, हास्यव्यङ्ग कलाकार विष्णुजी पाण्डे माईला बा पार्वती श्री लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुती रहेको थियो ।