सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । निर्माणका कामहरु बैसाख अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवाला लाई निर्माण ब्यबसायी संघका अध्यक्ष ऋषिराम अधिकारीले अाग्रह गर्नु भएको छ ।
अर्घाखाँची जिल्लालाई नमुना जिल्लाको रुपमा बिकसित गर्ने चुनाबका बेला जनप्रतिनिधिहरुले गरेको प्रतिबद्धतालाई पूरा गर्नका लागि पनि निर्माणका कामहरुलाई कार्यलयहरुले दुर्त रुपमा अगाडि बढाउने बढाउने गरि अगाडि बढाउनु पर्ने मा उहाले जोड दिनु भयो ।
सन्चारकर्मिहरुसगको भेटघाटमा उहनले गुणस्तरीय काम गर्नका लागि ब्यबसाहिहरु प्रतिबद्ध रहेको बताउदै राज्यबाट समेत निर्माणका कामहरु गर्न समयमा मुल्यांकन स्टमेट गरि टेन्डर प्रकिया छिटोछिटो गराएमा काम दुर्तगतिमा अगाडि बढने बताउनु भयो ।
उहाले अर्घाखाँची जिल्लामा निर्माण ब्यबसाहिहरु एकजुट रहेको बताउदै बिकास कामहरु गुरस्तरिय गर्नेमा कुनै कमि नहुने बताउनु भयो ।
अर्घाखाँचीमा सफल ब्यबसाहिको रुपमा निर्माण ब्यबसाहिका अध्यक्ष ऋषिराम अभिकारि सहअध्यक्ष कासि बस्याल पर्दछन ।
जिल्लामा अहिले सिमेन्टको मुल्य छडको मूल्य बढेपनि निर्माणका कामले भने दुर्तता दिएका छन ।निर्माण ब्यबसाहिहरुले मुल्य बृर्दि तत्काल फिर्ता लिन अाग्रह गर्दै अाएका छन ।