सुर्य भुसाल्
सन्धिखर्क । अापतबिपतमा जतिबेला पनि जानसक्ने जोखिमबाट जोगिन घरहरु निर्माण गर्दा भुकम्प रहित भबन निर्माण गर्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको २० अौ भुकम्प सुरक्षा दिबसमा मन्तब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख पिताम्बर सर्मा ले भुकम्प बाट जोगिन सबै नागरिक सचेत हुनु पर्ने बताउदै अब घरहरु निर्माण गर्दा सचेत रहेर भुकम्प प्रतिरोधात्मक घर हरु निर्माण गर्नु पर्ने बताउदै भुकम्प पिडितहरु लाई अझै सम्म सरकारले पुनर्बासको ब्यबस्था मिलाउन नसकेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भुकम्प बाट जोगिनु र सचेत हुनुको साथै भुकम्प प्रतिरोधात्मक घर हरु निर्माण गर्नका लागि चेतना जगाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी हरिनारायण बेल्बासे सहायक प्रमुख जिल्ला अधिकारी सङकर भुसाल सन्धिखर्क वार्डनम्बर १ र २ का अध्यक्ष हरु युवराज बन्जाडे मोतिजग रायमाझी ३ नम्बर वार्डका अध्यक्ष लिलाराम गौतम वार्ड नम्बर ११ का अध्यक्ष धुर्ब अाचर्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका का काबा प्रमुख ठाकुर कुमार बिक को अध्यक्षता निमित्त प्रसासकिय अधिकृत गोबिन्द केसि को स्वागत मन्तब्य प्रभक्ता लिलाराम गौतमको सन्चालनमा सम्पन्न भएको कार्यक्रम मा प्रहरी निरिक्षक प्रदिप कुमार डिसि नगरपालिका का प्रमुख प्राबिधिक नारायण पोख्रेलको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम को सहजिकरण कुसल भुसालले गर्नु भएको थियो