अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित


शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची  । नेपाल नर्सिङ्ग संघको आन्दोलनका कारण अर्घाखाँची जिल्लाका स्वास्थ्य संस्था प्रभावित भएका छन् । 
नर्सिङ्ग संघले मानवअङ्ग  प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सिङ्ग कर्मचारीहरुको पुर्नवहाली, अधिकार सहितको नर्सिङ्ग सेवा शाखा  गठन, विरामीको अनुपातमा नर्सको व्यवस्था,  सरकारी सरह निजि संस्थामा काम गर्ने नर्सलाई तलवको व्यवस्था, भोलेन्टियरको नाममा नर्स माथि हुने श्रम शोषणको अन्त्य, लगायतका  पेशागत अधिकार र सुरक्षाको लागि  ११ वँुदे माग राखि देशव्यापी रुपमा  संघर्षमा उत्रिए पछि  यहाँका  स्वास्थ्य संस्थामा त्यसको असर परेको छ । उनीहरुले कालो पट्टी, एक घण्टा काम छोड्ने हुँदै हिजोदेखि दैनिक ३ घण्टा काम नगरि अस्पताल परिसरमा काम नगरि बस्न थालेका छन् । 
यो क्रम  बुधबार सम्म रहने र  विहिबार देखि ६ गते सम्म  दैनिक ८ घण्टा काम नगरि बस्ने  तथा  माघ ७ गते देखि  आफ्ना मागहरु पुरा नभए सम्म देशै भरीका नर्सहरुले स्वास्थ्य मन्त्रालाय घेराउ गर्ने नेपाल नर्सिङ्ग संघका केन्द्रीय महासचिव लक्ष्मी के.सी.ले बताइन् ।  
दिनरात विरामीहरुको सेवामा समर्पित नर्सहरु आन्दोदनमा उत्रिएपछि  विरामीको हरेरचाह र उपचारमा कठिनाई भएको अस्पतालले जनाएका छन् ।