नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

प्रेमनारायण आचार्य
अर्घाखाँची ४ माघ ।  नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई पुर्नगठन गरेको छ । जसअनुसार जिल्ला कार्य समितिको अध्यक्षमा युवराज पाण्डे, उपाध्यक्षमा नेत्र प्रसाद मरासिनी र सुरज रायमाझी सचिवमा कृष्ण प्रसाद पौडेल र कृष्ण भुसाल चयन भएका छन् । समितिको कोषाध्यक्षमा गोविन्द भट्टराई, सहसचिवमा अस्मिता खनाल चयन भएको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् ।
   त्यस्तै क्षेत्रीय कार्यसमितिको पनि पुर्नगठन गरेको छ । जसअनुसार क्षेत्र नं. १ को सभापतिमा नविन पौडेल र २ को सभापतिमा सर्मिला आचार्यलाई निर्णय गरिएको छ । अर्घाखाँची जिल्लाका ६ वटै स्थानीय तहहरुमा संयोजक तोकिएको छ । सन्धिखर्क नगरपालिकामा भरतमणि भट्टराई, शितगंगा नगरपालिकामा महेश खनाल, भुमिकास्थान नगरपालिकामा शुशिल बेल्वासे, पाणिनी गाउँपालिकामा हिरामणि घिमिरे, छत्रदेव गाउँपालिकामा संजय पाण्डे र मालारानी गाउँपालिकामा बासुदेव वि.क.लाई चयन गरिएको जिल्ला सचिव पौडेलले जानकारी दिनुभएको छ ।
  बैठकले फागुन १५ गते भित्र जिल्ला भित्र रहेका क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, सार्वजनिक सवारी साधनहरुले विद्यार्थीलाई दिनुपर्ने छुट नदिएकोमा सोको ध्यानाकर्षण जिल्ला प्रशासन कार्यालयमा गराउने र बजारमा पाइने खाद्यबस्तुको मुल्यमा लेखिएको मुल्यभन्दा बढी रकम लिएको पाइएकोले सोको समेत ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष पाण्डे बताए ।