बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)।  सरकारले बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि अर्घाखाँची जिल्लाका राजनीतिक दल, संघ-संस्था र स्थानीयहरुले बिहीवार साँझ सन्धिखर्कमा दिपावली गरेका छन् ।
 
रुपन्देहीलाई राजधानी तोकिएको भन्दै सन्धिखर्कको शान्ती बगैचामा दिपावली गरिएको हो । 
दिपावली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको थियो ।