सुर्य भुसाल
पोखराथोक । पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्य सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष अच्युत गौतमले आफुहरु ५ वर्षका लागि जनताहरुको सेवक भएको कारण जनताले तिरेको करवाट सन्चालित सम्पूर्ण सार्वजनिक निकाय भित्रका वजेटहरुमा पारदर्शिता हुनुपर्ने र जनताको निगरानी बढाउनका लागि यो अभियान सन्चालन गरिएको बताउनु भएको थियो ।
करिव १ सय पचास जनाको सहभागिता रहेको सो कार्यक्रमलाई सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले सूचनाको हक सम्वन्धमा भिजुअल प्रस्तुती गर्नुका साथै स्थानिय दुर्गा प्रसाद ज्ञवालीले विनियोजिट योजनाहरुको जानकारी गराउनु भएको थियो ।
शेषकान्त घिमिरेको सन्चालन, लक्ष्मी वि.क. को स्वागत मनत्व्य र वडा अध्यक्ष नेत्र प्रसाद भट्राईको सभापतित्व रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष तथा हरिहर संस्कृत साधारण तथा प्राविधिक माविका प्रअलाई सूचनाको हकलाई झल्काउने होडिङ्ग वोर्ड र आवस्यकीय पाठयसामाग्री सहित मायाको चिनो प्रदान गरिएको थियो ।
यसैगरि विहिवार जिल्लाको मैदानमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यतामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम हुन गईरहेको सूचना तथा सुशासन अभियान, सिआईजीले जानकारी गराएको छ ।