अर्घाखाँचीडट्कम संवाददाता
जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं ४ मा रहेकाे श्री धौराली माद्यामिक विधालयले विज्ञान शैक्षिक सामाग्री खरिद गर्दा आर्थिक हिनाबिना नभएको बताएको हो ।
समाचार अनुसार विधालयले जिल्ला शिक्षा कार्यलयबाट विज्ञान सामाग्री खरिदका लागि परेकाे रु ६००००० लाख मध्येवाट केही सामग्री खरीद गरि अरु रक़म हिनाबिना गरेको भन्ने रहेको थियो ।
विधालय प्रमुख टोमलाल घिमिरेले डट्कमलाई पत्र लेखी विधालयले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७३-७४ को विज्ञान प्रयोगशाला सामाग्रीका कोटा १ को रकम ६ लाख ५० हजार माग गरेको उल्लेख गरेका छन् ।
यस्तै कोटा अनुसार प्रयोगशाला सामाग्री, दुवानी लगायत सबै कार्य सम्पन्न भएको र हाल श्री द्याैरालि मावीको विज्ञान प्रयोगशाला विधार्थीका लागि प्रयोगात्मक अभ्यास चरणमा पुगेको समेत जानकारी घिमिरेले गराएका छन् ।
तस्बिरमा विधालयको विज्ञान प्रयोगशाला:-
विधालय प्रमुख टोमलाल घिमिरेले डट्कमलाई लेखेको पत्र