अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची माघ ६ ।  अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
 साधरण सभाले वार्षिक प्रगति प्रतिवेदन पारित गर्दै भावी कार्यक्रम तय गरेको छ । 
साधरण सभाले जिल्ला सहकारी सघ, बचत संघ र कृषि संघको संयुक्त कार्यालय सञ्चालनमा ल्याई स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको वचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भुसालले जानकारी दिए  । उनले  साधरण सभाले जिल्लाका ६ ओटै पालिकामा समन्वय समिति गठन गर्ने निर्णय  गरेको भन्दै  सहकारी सम्बन्धी स्थानीय नीति नियम, ऐन बनाउँदा सहकारीका बिषयगत संघ ,जिल्ला संघ, समन्वय समितिको सहभागिता गराउने बाताबरण मिलाउन पहल गरिने बताए  । 
संघका उपाध्यक्ष  दोर्ण भुसालले जिल्ला सहकारी संघलाई सक्रिय बनाउन सबै विषयगत संघहरु सक्रिय हुने विषयमा छलफल भएको बताए  उनले  त्रैमासिक रुपमा सहकारी बुलेटिन, मासिक रुपमा सहकारी रेडियो कार्यक्रम चलाउने निर्णय गरिएको जानकारी दिए । नेफ्सुकुन नेपालसँग निशुल्क तालिम सञ्चालनका लागि अनुरोध गर्ने साधरण सभाले निर्णय गरेको छ । 
कार्यक्रममा जिल्ला सहकारी संघका तुल्सीराम खनाल,  जेष्ठ सदस्य राजेन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए ।  संघमा हालसम्म २५ वटा सहकारी संस्था सदस्य छ्न भने १ लाख २५ हजार शेयर पुँजी छ ।