अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची माघ ६ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसीहरुले ग्राहकहरुको मन जित्ने ढंगले सेवा दिनु पर्ने बताएका छन् ।
उनले व्यवसायीहरुले ग्राहकहरु प्रति सेवाभाव प्रकट गर्न नसके ग्राहकहरुले विकल्प खोज्ने भएकाले नाफा मुखी मात्र बन्न खोजे व्यवसाय धरासायी समेत हुन सक्ने बताए । कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रमथ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले कपडा तथा सिलाई व्यवसाय सम्मानित व्यवसाय भएको बताए । उनले कपडा तथा सिलाई व्यवासाय नागरिकको इज्जत प्रतिष्ठा सँग जोडिएको व्यवसाय भएको बताउँदै कपडा व्यवासीहरुले पेशा प्रति गर्व गर्नुपर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले व्यवसायीका हक हित र समस्या प्रति नगरपालिका कार्यालय आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि मणिराम परियार, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य रामकृष्ण रणपाल, ७ नं. प्रदेशका हिम्मत बहादुर दर्जी, गुल्मीका अध्यक्ष लक्ष्मण परियार, बाँकेका अध्यक्ष शेर बहादुर परियार, नवलपरासीका अध्यक्ष चेतनारायण परियार, उद्योग वाणिज्य संघ अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, व्यवसायी तारा सुनारले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम कपडा तथा सिलाई व्यसायी संघका जेष्ठ सदस्य रामबहादुर परियारको अध्यक्षता, सिता भुसालको स्वागत मन्तव्य र श्रीकृष्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।