बसन्त आचार्य
युएई (अर्घाखाँचीडट्कम) । युएईमा बस्ने अर्घाखाँचीबासी नेपालीहरुले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वाड न. ४ धारापानी साना औवल आपारुख निवासी क्यान्सर पिडित अमर बन्जाडेलाई आर्थिक सहयोग गरेको छन् ।
क्यानसर पिडित बन्जाडेलाई युएई मा रहेका जिल्लाबासी तथा गैर जिल्लाबासी सहयोगीहरुबाट अर्घाखाँची सम्पर्क समिती यु ए ई र श्री शान्ती उच्च मा बि भुतपुर्व बिधार्थी संघको पहलमा ३ लाख ३ हजार सहयोग जुटाउन सफल भएका हुन् ।
अर्घाखाँची संपर्क समितीका चिरन केसी, कृष्ण केशी, रास अल खिमा अध्यक्ष गुन्ज बस्नेत, सारजाह अध्यक्ष आयुस खडका लगायत र शान्ती उच्च मा बि भुतपुर्व बिद्यार्थी संघका लक्ष्मण खत्री लगायतको पहलमा आर्थिक सहयोग संकलन भएको थियो ।