पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुर्य भुसाल्
सन्धिखर्क – पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा पूर्व गाविस अध्यक्ष श्यामनाथ काश्यपले सार्वभौम सत्ता मुलुकका नागरिकले सूचनाको हकलाई प्रयोग गरेमात्र वास्तविक रुपमा आफुहरु यो देशको नागरिक बन्न सक्ने बताउनु भएको थियो । 
कार्यक्रममा नारायणी अधिकारी, दामोदर पोख्रेल, भोजराज घिमिरे र नारायण प्रसाद घिमिरेले मनत्व्य राख्नु हुदै पूर्णरुपमा सूचनाको अधिकार सम्वन्धमा आज मात्रै जानकारी पाएको बताउदै अगामी दिनमा यसको प्रयोगलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
  करिव सभासयजनाको सहभागिता रहेको सो कार्यक्रममा सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल र गाउँपालिकाको योजना सम्वन्धमा वडा सचिव कुल दिप नारायण मिक्षले सहजीकरण गर्नु भएको थियो । 
स्थानिय कृष्ण प्रसाद गैरेको सन्चालन शालिकराम घिमिरेको स्वागत मनत्व्य र वडा अध्यक्ष थानेश्वर घिमिरेको सभापतित्व रहेको सो कार्यक्रममा प्रमुख अतिथी श्यामनाथ घिमिरे काश्यपको हातवाट वडा अध्यक्ष घिमिरे लगायत विभिन्न समाजसेवीहरुलाई सुशासन प्रर्बद्धनका लागि मायाको चिनो प्रदान गरिएको थियो । 
यसैगरि भोली मंगलवार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको प्रमुख आथित्यतामा सिआईजी अभियान पाणिनी गाउँपालिकाको अडगुरीमा सन्चालन हुन गईरहेको सूचना तथा सुशासन अभियान, सिआईजीले जानकारी गराएको छ ।