पहिलो प्रकासित मिती: (२०७४ माघ ११, बिहीवार
सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले कृर्षिको क्रान्ति बिना समुन्नत नगरपालिका बन्न नसक्ने बताउनु भएको छ ।
उहाले समग्र नगरको बिकाश का लागि अाफुहरुले नया नया योजनाहरु अगाडि सारेको बताउदै ब्यबसाहिक र अाधुनिक कृर्षिको प्रबिधि बाट किसानहरूको जीवन स्तर उकास्नका लागि नगरपालिका लागि पर्ने बताउनु भएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ को बिभिन्न कृर्षि समुहहरुका लागि अायोजना गरिएको ३ दिने तालिमको समापन तथा कृर्षि अौजार बीउ प्लास्टिक टनेल बितरण तथा बेमौसमी तरकारी खेति सम्बन्धि तालिमको समापन गर्दै भुसालले कृर्षि क्षेत्र मानिसको दैनिक जिबनमा महत्त्वपूर्ण खेति भएको बताउदै यस्को बिकासका लागि किसानहरु को माग बमोजिम का तालिम तथा सिपमुलक कार्यक्रम नगरबाट सन्चालन गरिने बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख ठाकुर कुमार बिक किसोरले कृर्षि क्षेत्र को नमुना पकेट एरिया को पैचान गरि बृहत् कृर्षि तरकारि उत्पादन गर्ने तर्फ किसानहरु लाग्नु पर्ने बताउनु भयो ।
उहाले नगरपालिका भित्र स्वरोजगार श्रृजना गरेर बेरोजगारी समस्या समधानका लागि पनि अाधुनिक कृर्षि तथा बेमौसमी तरकारी लाई प्राथमिकता दिएर नगरपालिका ले अागामि दिन मा बजेट ब्यबस्थापन गर्ने बताउदै तालिममा सिकेका कुराहरु ब्यभारमा लागू गर्नका लागि अाग्रह गर्नु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का कार्यकारी अधिकृत रमेस गौतमले नगर क्षेत्र भित्र धेरै ठाउमा बेमौसमी तरकारी खेति गर्न सकिने ठाउहरु र प्रचुर सम्भाबनम भएको अाफुले पाएको बताउनु भयो । उहाले पारदर्शी काम गर्नका लागि अाफुले बिषयगत कार्यलयका कर्मचारी हरुलाई अाग्रह गरेको बताउदै बेरोजगारी समस्या समधानका लागि बेमौसमी तरकारी खेति महत्त्वपूर्ण हुने बताउनु भयो
कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतमले अाफ्नो वार्ड भित्र को बिकास निर्माणले तिब्रता पाएको बताउदै अागामि दिनमा कृर्षि क्षेत्र का लागि बजेट प्रयाप्त छुट्टाउनु पर्नेमा जोड दिनु भयो ।१२० जना किसानहरुलाई अाज प्लास्टिक टनेल बीउ भिटामिन अौषधि च्याउखेति का लागि अाबस्यक पर्ने सामानहरु कालो पलाष्टिक टनेल उपलब्ध गराईएको थियो ।
कार्यक्रममा कृर्षि प्राबिधिक हरसको समेत सहभागिता रहेको थियोे ।