टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी

टर्कीका राष्ट्रपति रेचेप तेयेप अर्दोआनले सिरियामा चलिरहेको कुर्द लडाकूविरुद्धको संघर्षलाई पूर्वमा इराकसम्म पुर्‍याइने बताएका छन् ।
टर्कीको सेना कुर्द नियन्त्रित मनबिज पार गर्दै अगाडी बढ्ने उनको भनाइ थियो । तर टर्कीको यस कदमले कुर्दको समर्थनमा रहेको अमेरिकासँग झडप हुन सक्ने बताइँदैछ ।
कुर्द सैनिकले सन् २०१६ मा इस्लामिक स्टेटसँग खोसेको यस शहरमा अमेरिकी सैन्य बल पनि रहेको छ । टर्कीले गत हप्तामात्र कुर्द लडाकूविरुद्ध आक्रमण थालेको हो ।
टर्कीको सेनालाई सिरियाली विद्रोहीको समर्थन रहेको छ । युद्ध शुरु भएपछि हजारौं सर्वसाधारण आफ्नो थातथलो छाडेर भागेका छन् । (एजेन्सी)