माधव बेल्वासे
सन्धिखर्क, अर्घाखाँची माघ १३ । जिल्लाको समग्र शैक्षिक आन्दोलन र चुनौतीको सामना गर्न तपाईं हाम्रो शैक्षिक सङ्गठन क्रीयाशिल बनाउनु हाम्रै दायित्व हो” भन्ने मुल नाराका साथ आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु भएको छ ।
संघसंगठनका अध्यक्ष मानबहादुर पान्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी प्रमुख अतिथि रहनुभएको थियो।
जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजित चौथो सम्मेलन उद्घाटन गर्न आउनुभएका रायमाझीले देसको बृहतर बिकासका लागि आफु र आफ्नो पार्टी लागिरहने बताउनु भएको छ । शिक्षाको बिकास बिना अरु बिकास सम्भव नभएको बताउदै रायमाझिले त्यसका लागि शिक्षकहरूले आफ्नो पेशागत जिम्मेवारी पुरा गर्न लागिरहनु पर्ने बताउनु भएको थियो ।
उद्घाटन समारोहलाइ सम्बोधन गर्दै रायमाझीले एक फरक प्रशङ्गमा देशले एउटा राजनैतिक आन्दोलन पुरा गरेपनि बिकास र समृद्धिको युग शुरु भएको बताउनु भएको थियो । त्यसका लागी देसका शैक्षिक तथा बौद्धिक ब्यातित्वहरुको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत ,नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य चन्द्रबहादुर खड्का नेपाल शिक्षक महासङ्घका केन्द्रिय उपाध्यक्ष हरि प्रसाद भुसाल ,माओवादी केन्द्र जिल्ला सह सम्योजक छम कुमारी खनाल लगायत विभिन्न शिक्षक संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुले सम्हेलनको सफलताको लागी शुभकामना ब्याक्त गरेका थिए । यहि सम्मेलनले अबको नेतृत्व पनि चयन गर्ने सङ्गठनका सचिव कमल घिमिरेले जानकारी दिनुभएको छ ।
सम्मेलनमा विभिन्न सहिद शिक्षकका परिवार र निबृतिभरण प्राप्त शिक्षक हरुलाइ दोसल्ला र प्रमाणपत्रले सम्मान प्रदान गरिएको थियोे ।