दिनेश सुनार
सन्धिखर्क, अर्घाखाँची । माघ १० गते देखि निरन्तर रुपमा अगाडि बढेको अर्घाखाँची महोत्सवको चौथो दिन महोत्सवको रौनक बढेको छ ।
गत दिन भन्दा आज दर्शकहरुको संख्या तेब्बर वृद्धि भएको छ । उद्योग बाणिज्य संघ अर्घाखाँचीका अनुसार महोत्सवको चौथो दिन करिव १२ हजार दर्शकहरुले अबलोकन गरेका थिए । यस्तै २ करोड बराबरको कारोबार भएको बताइएको छ ।
उता अबलोकनको लागि मेलामा उपस्थित भएका दर्शकलाइ चर्चित हास्य व्यंग्य कलाकार माइला बा ले पेट मिचिमिची हसाएका थिए तर आउने भनेर प्रचार अर्थात विज्ञापन गरिएका बहुचर्चित हास्य व्यंग्य कलाकार मनोज गजुरेल को अनुपस्थितीले दर्शकमा खिन्नता बोध भएको देखिएको हो । भने अर्कोतिर भर्खरै डिभोर्सको पीडा सहिरहेका गजुरेललाई ल्याइने भनेर आयोजकले ढाटेको होकि भन्ने जनचासो जागेको पनि पाइएको थियो ।
यसै गरि कार्यक्रमको रौनक बढाउनको लागि लोक तथा दोहोरी गायक हुम गैरे ,बिजय सुनाम,भावना आचार्य लगायतका कलाकारहरुले निकै जोड्तोडका साथ आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
साँझ चार बजे पछि भएको दोहोरी घम्साघम्सिमा कतै अंग पर्दशन त कतै सुन्दै लज्जास्पद हुने टुक्कामा महोत्सव कै पुर्ण जिम्मेवार ब्यक्तिको समेत नाम जोडि मनोरंजन चलेको थियोे ।