शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची माघ १४ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता रोक्न अदृश्य शक्तिले ठूलो चलखेल गरेको बताएका छन् ।
परीबर्तनकारी र अग्रगामी सोंच भएका दुई कम्युनिष्ट शक्तिको एकता पछि आफ्नो अस्तीत्व संकटमा पर्ने देखेर यथास्थितीबादी र प्रतिगामीहरुले एकता भङ्गगर्नको लागि षडयन्त्र गरीरहेको उनले आरोप लगाए ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ र पेसागत महासंघ द्वारा शनिवार सन्धिखर्कमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै उनले पार्टी एकता प्रक्रिया मूलुकको स्वाधिनता,जनताको सम्बृद्धि र कार्यकर्ताको आत्म सम्मान सँग जोडिएको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गरे । पार्टी एकता पछि स्थायी सरकारको निर्माण भई मूलुक सम्बृद्धिको दिसामा अँगाडि बढ्ने तथा पूmटाउ र शासनगर भन्ने सिद्धान्तमा टेकेर खान पल्केकाहरुको भबिस्य अन्यौलमा पर्ने भएका कारण उनीहरुको आग्रहमा संसार भरीको तागतले पार्टी एकता हुन नदिन ठूलै कसरत गरिरहेको उनको आरोप छ ।
पूर्वउपप्रधान मन्त्री तथा अर्घाखाँची जिल्ला बाट नवनिर्बाचित प्रतिनिधि सभाका सदस्य समेत रहेका उनले सरकार निर्माण,पार्टी एकता,कानून निर्माण,शुसासन र सम्बृद्धिलाई प्राथमिकतामा राखेर नेकपा एमाले र माओवादी केन्द्रले घनिभूत रुपमा छलफल अँगाडी बढाएको बताउँदै दुबै दल आफ्नो संकल्प बाट कुनै पनि हालतमा बिचल्लीत नहुने दाबी समेत गरे ।
कर्मचारीहरुको पुरानो काम गर्ने परिपार्टीको अन्त्य हुनुपर्ने भन्दै उनले निरन्तरता लाई क्रम भङ्ग गरी नयाँ सोंच र दृष्टिकोणका साथ जनताको सेवामा समर्पित हुन कर्मचारीहरु लाई आग्रह गरे ।
कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले जिल्लाको बिकास र सम्बृद्धिको लागि कुनै कसुर बाँकी नराख्ने बताए । जनता लाई सुशासनको अनुभूति गराउनु आफ्नो पहिलो दायीत्व भएको बताउँदै उनले छिटो छरीतो र प्रभाबकारी रुपमा जनताको काम गर्न कर्मचारीहरु लाई आग्रह गरे । मूलुकको परिबर्तन र संक्रमण कालीन अबस्थामा कर्मचारीले खेलेको भूमिका प्रसंसनीय भएको उनको भनाई थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका सांसद आचार्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता लाई संसारको कुनै पनि तागतले रोक्न नसक्ने बताए । पार्टी एकताको लागि दुबैदलका नेता तथा कार्यकर्ताहरु जस्तो सुकै त्यागगर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची जिल्ला क्षेत्र नं.२ प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमीरेले कर्मचारी तन्त्रमा व्यापक सुधारको खाँचो रहेको बताए । अब बन्ने बाम सरकार कर्मचारीको हकहित र सेबा सुबिधाको निम्ति उदारहुने भन्दै उनले मुलुक र जनताको निम्ति त्यागको भावना लिएर अघि बढ्न कर्मचारीहरु लाई आग्रह गरे ।
अर्का बक्ता नेकपा माओबादी केन्द्रका पोलीट व्यूरो सदस्य ठाकुर कुमार बि.क.किशोरले समय अनुकुल आफूलाई रुपान्तरीत गरेर अघि बढ्न कर्मचारीहरु लाई आग्रह गरे । कर्मचारी संयन्त्र स्थायी सरकार भएको भन्दै उनले जनसेबामा आपूmलाई सदैब समर्पित गर्न कर्मचारी लाई आग्रह गरे ।
कार्यक्रममा आधिकारीक ट्रेडयुनियनका कार्यबाहक जिल्ला अध्यक्ष बलाराम मिश्र,नेपाल राष्ट्रिय कर्मचारी महासंघका जिल्ला अध्यक्ष तिलक मिश्र,निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष चिरञ्जिबी अधिकारी,स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरे,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिब धु्रब के.सी.,अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष मानबहादुर पाण्डे,उमानाथ पौडेल,हरीष चन्द्र पाण्डे लगायतका बक्ताहरुले मन्तव्य राख्दै कर्मचारी संयन्त्रमा व्यापक सुधारको खाँचो औल्याए । नयाँ सरकार लाई सहयोग गर्न आपूmहरु जस्तो सुकै त्यागगर्न तयार रहेको उनीहरुको भनाई थियो ।