मधुसुधन पाण्डे
छत्रदेव, अर्घाखाँची माघ १४ गते । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा आजदेखि गाउँपालिकास्तरीय मौरीपालन सम्बन्धि तालिम शुरु भएको छ।
छत्रदेव गाउँपालिकाको वार्ड न ४ मा उक्त तालिम सुरु भएको हो । तालिममा ८ वटै वार्डका मौरीपालक कृषक सहभागी रहेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो।
तालिम ३ दिनसम्म सञ्चालन हुनेछ। गाउँपालिकामा छरिएर रहेका कृषकलाई समेटि यसरी तालिम दिनु उदाहरणीय काम बनेको पोख्रेलले बताए ।
उक्त तालिममा कृषि विकास कार्यलयका कर्मचारी, वार्ड प्रतिनिधि लगायत कृषकको बाक्लो उपस्थित रहेको छ ।