अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका – ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् ।
दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिरहेकी जलजलाको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले थप उपचारका लागि उनको परिवार संकटमा परेको छ ।
बाबु नारायण परियार (दर्जी) र आमा जुना परियार( खाचिकोटको डिहिडाँडा माईत) कि २१ वर्षिया जेठी छोरी तथा नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलालाई बचाउन देश विदेशबाट एवम नेपालबाट कलाकारहरु आर्थिक संकलन गर्न जुटे पनि डायलासिस र सम्भावित मृगौला प्रत्यारोपणको लागि ठुलो रकम अभाव भएको छ ।
उता जलजला परियार बचाउ अभियान समेत खडा गरी आर्थिक संकलन गरिएको छ । आर्थिक समस्यासँगै मृत्युसँग सँघर्ष गरेकी जलजलाकी आमा बुबाका आँशु थामिएका छैनन् ।
दुई छोरा छोरी मध्ये जेठी छोरी जलजलाले भारतको कोलकतामा शास्त्रिय संगित पढ्दै छिन् । यस्तै उनका भाईले बिबिएस तेस्रो वर्षमा पढदै छन् ।
गायिका जलजलाले सांगेतिक दौरानमा चर्चामा रहेको बाटोमुनीको फूल-२ को गीत, ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । यस्तै उनले नेपाली तारा सिजन-३ को छैटौं स्थानसम्म पुगेकी थिईन् ।
जलजलाको उपचारको लागि उनको परिवार लगायत विभिन्न कलाकार, संघ-संस्थाले आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् । सहयोग गर्नका लागि:
बैंकको खाता नम्बर:
– 3507010003576 Global IME
खतावालाको नाम: नारायण बहादुर दर्जी फाेन – 9843603005 ( जलजलाको बुबा ।)
– संगितकार ,सुनिल मास्के 9851025488
– बिन्दु परियार थापा – 9841583264
– अनिता परियार -9811199062