नविन पौडेल
छत्रगन्ज, अर्घाखाँची १५ माघ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगन्जमा नेपाल बङ्गलादेश बैंक सञ्चालनमा आएको छ ।
बैंकले ५५ औ शाखाको रुपमा प्रमुख जिल्ला अधिकारि खिमराज भुसालले बैंकको उदघाटन गर्नुभयो । बैंक उदघाटन गर्दैै प्रजिअ भुसालले प्रत्येक गाउँ तथा नगरपालिका एउटा राम्रो बैंकको स्थापना गरी विकासका कामका बजेट देखी सवै काम गाउँमै हुदाँ बैंकको काम गर्न सन्धिखर्क जान नपर्ने बताउँदै सफलताको कामना व्यक्त गर्नुभयो ।
बैंक उदघाटनमा प्रहरी नायव उपरिक्षक एकनारायण कोइराला, गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, कोष तथा लेखा निरीक्षक प्रमुख सालिकराम पौडेल, निर्माण व्यवसायिक संघका अध्यक्ष ऋषिराम अधिकारी, नेपाल बङ्गलादेस बैक तथा महाप्रबन्धक सुरेन्द्र भूषण श्रेष्ठ लगाएतले मन्तव्य राखे ।
कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लेखनाथ पोख्रेलले ग्रामीण क्षेत्रमा खुलेको पहिलो सुविधा सम्पन्न बैंकले जनतालाई सुविधा प्रदान गर्ने विश्वास दिलाउँदै जनताका काम अव गाउँबाटै हुनेमा बताउनुभयो । कार्यक्रम नेपाल बङ्गलादेस बैक छत्रदेबका प्रबन्धक खेमराज भट्टराईको स्वागत मन्तव्य राख्नुभएको थियो ।
नेपाल बङ्गलादेस बंैकका महा प्रबन्धकले बैंकले दिएका सुबिधाका बारेमा ग्रामीण क्षेत्रमा रहेर विभिन्न कृषिको लागि केही प्रतिशत बिना धितो ऋण पनि प्रदान गर्ने तथा विभिन्न रेमिटेन्सको पनि सुबिधा रहेको बताउनुभएको थियो ।