अर्घाखाँचीबाट निर्वाचित प्रदेशसभाका सदस्यहरुद्दारा शिक्षा क्षेत्रमा आमूल परबिर्तन गर्नुपर्नेमा जोड

शोभाखर पन्थी
खिदिम, अर्घाखाँची माघ १७ । अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रदेशसभाका सदस्यहरुले शिक्षा क्षेत्रमा आमूल परबिर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
मूलुकमा राजनैतिक परीवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधारहुन नसकेको उनीहरुको भनाई थियो । निशुल्क रुपमा शिक्षा आर्जनगर्न पाउनु जनताको नैसर्गिक अधिकार भएपनि भौगोलिक बिकटता,आर्थिक बिपन्नता र जनचेतनाको कमिका कारण बालबालिकाहरु उचित शिक्षा लिन बाट बञ्चित भएको उनीहरुको भनाई थियो । 
आलम देवी आधारभूत बिद्यालय पाणिनी ३ खिदिमको ३१ औं बार्षिक उत्सब समारोहको उद्घाटन गर्दै  अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रमा व्यापारीकरण को अन्त्यहुनुपर्ने बताए । गरिब बालबालिकाहरु शिक्षा आर्जन गर्नबाट बन्चित हुनु मूलुकको लागि निक्कै दुर्भाग्यको कुरा भएको बताउँदै उनले पैसा नभएर पढ्न नपाउने र पैसा कै भरमा डिक्रि हासील गर्ने परीपार्टीको अन्त्यहुनु पर्नेमा जोड दिए । राज्यले लगानी गरे अनुसार शिक्षा क्षेत्रमा उपलब्धि हासील हुन नसकेको भन्दै आचार्यले सामुदायीक बिद्यालयको सुधारमा बिशेष पहल गर्ने बताए । 
क्षेत्र नं.२ प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमीरेले बर्तमान शिक्षा प्रणलीमा  व्यापक सुधारको खाँचो रहेको बताए । जनवादी बैज्ञानिक र व्याबसायीक शिक्षाको लागि आफूहरु निरन्तर लड्ने उनको भनाई थियो । घिमिरेले देउवा नेतृत्वको कामचलाउ सरकार नयाँ जनादेशको सम्मान गर्दै तत्काल बाहिरिनुको सट्टा सरकारमा बसी राज्य ढुकुटी माथी बर्मलुट मच्चाउँदै लोकतन्त्रको धज्जी उडाएको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले मूलुकमा राजनैतिक परीबर्तन भएपनि जनताको जिबनस्तरमा कुनै सुधार हुन नसकेको बताईन् । शिक्षा स्वास्थ्य आधारभूत आवस्यकताका कुराहरु पूर्णरुपमा निशुल्क हुनुपर्नेमा उनको जोड थियो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिना भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिबनारायण कोईराला, नेकपा एमाले खिदिमका अध्यक्ष सूर्य के.सी.,माओवादी केन्द्रका अध्यक्ष युबराज ज्ञवाली, पाणिनी गाउँपालिका वार्ड नं.३ का वार्डअध्यक्ष देबी बहादुर क्षेत्री,फर्सवा टाकुरा मा.बि.का प्र.अ.मूक्तिनाथ ज्ञवाली,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिब धु्रब के.सी.,पत्रकार महासंघका निबर्तमान जिल्ला अध्यक्ष शोभाखर पन्थी ,बिद्यालयका प्र.अ. मेघ बहादुर दर्लामी लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।