जिल्ला अस्पताल अर्घाखाँचीको अध्यक्षमा उमेश घिमिरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला अस्पताल अर्घाखाँचीको संचालक समितिको अध्यक्ष पदमा उमेश घिमिरे नियुक्त भएका छन् ।
घिमिरे नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार घिमिरे अध्यक्ष पदमा नियुक्त भएका हुन् । 
सन्धिखर्क नगरपालिका १ शान्तिबगैंचा स्थित उमेश छापाखाना स्टेशनरी ब्यवसायी घिमिरे लामो समय देखि नेपाली कांग्रेस ढिकुराको सभापति थिए । तर गत असारमा सम्पन्न स्थानिय निवाचनमा  गढ मानिएको वार्डबाट पार्टी पराजित भएपछि कांग्रेस अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ९ ढिकुराको सभापति पदबाट घिमिरेले राजीनामा दिएका थिए । 
 वार्ड उम्मेद्वार गोपाल प्रसाद घिमिरे आफ्ना प्रतिस्पर्धी एमालेका नारायण प्रसाद खनालसँग पराजित भएका थिए । घिमिरे रेडियो देउराली १०१ मेगाहर्जको संचालक समितिका सचिब पनि हुन् । 
सम्बन्धित समाचार: