डिभर्नाको सल्लिकोटमा ज्ञानपुञ्ज रेडियो श्रोता समुहको गठन

अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  ज्ञानप्रकास माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका १२ डिभर्ना सल्लिकोटमा ज्ञानपुञ्ज रेडियो श्रोता समुहको गठन गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाको आयोजनामा समुहको गठन गरिएको थियो ।
 समाजमा भएका शिक्षा, स्वास्थ्य कृर्षि, जोखिम व्यवस्थापनको सुशासन र जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यका साथ श्रोता समुहको गठन गरिएको हो । तारा कुवँरको संयोजकत्वमा १७ सदस्यीय समिति बनाइएको हो । जसको उपाध्यक्षमा रुपा सुनार, सचिवमा अस्मिता श्रेष्ठ, सह-सचिवमा विकास बस्याल र कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यमा सिद्धार्थ मुखिया, अशोक श्रेष्ठ, बर्षा कि.क, स्मृति खनाल, हिना गैरे, सुवास श्रेष्ठ, अमृत श्रेष्ठ, आकास कुवँर, कल्पना ताम्राकार, बिक्रम परियार र सन्दिप बि.क रहनुभएको छ । 
भेलाले दिपक खनाललाई सहजकर्ताको जिम्मेवारी समेत दिएको छ । कार्यक्रममा बोल्दै बिद्यालय प्राचार्य सूर्यबहादुर खनालले रेडियो श्रोता समुहलाई क्रियाशील बनाउदै नमुना श्रोता समुह बनाउनुपर्नेमा जोड दिनुभयो । प्रअ खनालले पारस्परिक जवाफदेहिता परियोजना सुशासन प्रर्बधनको लागि उपयोगी रहँदै आएको भन्दै श्रोता समुहलाई समेत रचनात्मक बन्न शुभकाना दिनुभयो । 
कार्यक्रमको साझा बोली सामुदायिक सञ्चारकर्मी रुद्धमणि भुसाल र पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।