अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ रतनमारे हंसपुरका अनिल थापा दाङको लमही स्थित नापीशाखा कार्यालयमा झुन्डिएरको अवस्थामा मृत फेला परेका छन् ।
लमहीको नापीशाखामा कार्यालय सहयोगीको रुपमा कार्यरत २४ वर्षीय थापा कार्यालयमै झुन्डिएरको अवस्थामा मृत फेला परेका हुन् । अविवाहित थापाका घरमा दिदी मिरा, बहिनी, भाई र बाबु छन् । आमाको यस अगाडि नै निधन भएको थियो ।
थापा गत वर्ष देखि उक्त कार्यालयमा कार्यरत थिए । उनी आफ्नी बहिनी ज्याईसँग बस्दै आएका थिए । ज्याई पनि नापीमा कार्यरत छन् । थापा यस अगाडि विदेशमा रोजगारीको लागि पनि गएका थिए ।
उता प्रहरीले कार्यकक्षमा आत्महत्या नै गरेको आशन्का गरेको छ । यस्तै घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले बताएको छ ।