अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रेस चौतारी अर्घाखाँचीले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीहरुलाई फलफूल बढेको छ ।
चौतारीले आफ्नो वार्षिकोत्सव अवसरमा सोमबार बिहान प्रभातफेरी समेत निकालेको थियो ।
जिल्ला अस्पतालमा भएको बिरामीहरुलाई फलफूल कार्यक्रममा प्रमुख अतिथि चौतारीका निवर्तमान अध्यक्ष प्रेमनारायण गैरे, विशिष्ट अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख डा. जगन्नाथ तिवारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता चौतारीका अध्यक्ष हिमबहादुर जिसीले गरेका थिए । यस्तै अर्जुन भुसालले कार्यक्रम सञ्चालन गरेका थिए ।