पत्रकार महासंघ अर्घाखाँची अध्यक्षका हिमबहादुर जि.सी अर्घाखाँचीडट्कमसँग रुष्ट, झुट्टा आरोप


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जि.सी. ले अर्घाखाँचीडट्कम विरुद्द खुलेर आलोचना गरेका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अर्घाखाँची बुलेटिनको कार्यालयको उद्घाटन समारोहमा जि.सी. ले अर्घाखाँचीडट्कमबाट प्रकासित समाचार प्रति असन्तुष्टी व्यक्त गरेका हुन् । उनले अर्घाखाँचीडट्कमले सस्तो लोकप्रियताको लागि आत्महत्या गरेका समाचार, व्यक्ति विरुद्द समाचार लेख्दै आएको बताए । गैर ढंगले पत्रकारलाई धेरै प्रेस पास बढने गरेको आरोप लगाए ।
साथै जिसीले अर्घाखाँचीडट्कमलाई सुधार हुन समेत सुझाव दिए ।
हिमबहादुर जि.सी अर्घाखाँचीडट्कमसँग रुष्ट
पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जि.सी. अर्घाखाँचीडट्कमसँग लामो समय देखि रुष्ट हुँदै आएका छन् । अर्घाखाँचीडट्कमले दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको बेला गत कार्त्तिक १८, शनिवार अर्घाखाँचीमा पत्रकार महासंघका अध्यक्ष बाम गठबन्धनलाई चुनाव जिताउन लागि परे, महासंघको अर्घाखाँची शाखा खारेज गर्न माग भन्ने शिर्षकमा समाचार प्रकासित भए लगतै उनले असन्तुष्टी सार्वजानिक गरेका थिए । उनले उक्त समाचार नलेख्न र हटाउन समेत दबाब दिएका थिए ।
स्मरण रहोस्, अर्घाखाँचीडट्कम बाहेक अर्घाखाँचीका एफ.एम रेडियो लगायत सबै मिडिया जिल्लाका राजनीतिक पार्टीका नेताहरुको लगानीमा चलेका छन् । ति सबै एफ.एम रेडियो, मिडियाले एक पक्षिय समाचार मात्र दिदै आएका देखिन्छन् ।
जि.सी. ले अर्घाखाँचीडट्कम विरुद्द बेला-बेलामा आलोचना गर्दै आएता पनि सार्वजनिक रुपमा पहिलो पटक वास्तविकता बाहिर गएर नेपालको पहिलो अन्लाईन संस्था प्रति झुट्टा आरोप लगाएका हुन् । अर्घाखाँचीडट्कमले लगभग १३ वर्षको पुरानो ईतिहासमा अन्य राष्ट्रिय संचारसंस्था जस्तै प्रचलित कानुनमा रहेर निष्पक्ष समाचार प्रकासित गर्दै आएको छ ।
आर्ट बाहेक पत्रकारिता पृष्ठभूमि नभएका जिसी पछील्लो समय नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी अर्घाखाँचीको अध्यक्ष पनि हुन् । गत मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको बेला नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले उनलाई चुनाव परिचालन कमिटी अन्तर्गत संचार समन्वय समितिको संयोजक तोकेको थियो । सो कुरालाई अर्घाखाँचीडट्कमले समाचार बनाएर प्रकासित गरेपछि पत्रकारहरु यसरी खुलेर राजनीतिकमा लगेको भन्दै जिल्ला भित्र र बाहिर व्यापक आलोचना भएको थियो । अर्घाखाँचीबासीहरुले पत्रकार महासंघ अर्घाखाँची शाखा खारेज गर्न माग समेत गरेका थिए ।
गत फागुन ३ र ४, २०७३ मा सम्पन्न पत्रकार महासंघ अर्घाखाँचीको चुनावपछि दलिय बाड्फाडका आधारमा जि.सी .अध्यक्ष पद समाल्दै आएका छन् । उनी आर्ट लगायतका व्यापार बाहेक एमालेको राजनीतिक समेत गर्दै आएका छन् ।
अर्घाखाँची बुलेटिनको कार्यालयको उद्घाटन
सन्धिखर्कमा अर्घाखाँची बुलेटिनको कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयको उद्घाटन सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले गरेका थिए । उनले पत्रकारहरुले सत्यतथ्यलाई आधार बनाएर जिल्लामा काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले हरेक समाचारमा एकपटक भएपनि आफूलाई सोधेर मात्रै समाचार प्रकासित गर्न अनुरोध गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री, प्रहरी नायव उपरिक्षक एकनारायण कोइराला, समाजसेवी रामबहादुर रायमाझी, विष्णु परियार, लेखक बुद्धिबहादुर रायमाझी, पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष हिमबहादुर जिसीले लगायत एवम समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जेबी दर्लामीको अध्यक्षतामा, स्वागत मन्तव्य दिनेश सुनार र योगेन्द्र चौहानको सञ्चालनमा सम्पन्न भएको थियो ।