कलेजको मनपरी

अनिश भुसाल
बुटवल  सुरुमा चै हाम्रो कलेज यस्तो छ, उस्तो छ भन्दै भर्ना लिन्छ । अनि सुरु हुन्छ लुट्ने प्रक्रिया ।
सुरुमै कपडाको सेट भन्दै आठ हजार रुपैया लिन्छ । कपडा चै दुइटा सर्ट, दुइटा पाइन्ट, कोट र हाफ स्विटर हुन्छ, जुन बाहिर बनाउने हो भने ४ हजार नि पर्दैन ।
पहिलो दुई चार हप्ता राम्ररी पढाइ नि हुन्छ । दुई हप्ता पढाएर टेस्ट लिन्छ । तर अर्को पटक चै टेस्ट लिदैन । सोच्दा हुन किन दुख गर्नु र ? 
Pactical File कलेजले नै छाप्छ अनि किन्न लगाउछ, बाहिर १०० रुपैयाँ नपर्ने Practical file लाई कलेज फिसमा प्रति file ४०० रुपैयाँ जोडेर पठाउछ । 
अनि त्यसपछी First Terminal Exam आउँछ, तोकिएको पैसा नबुझाइ कुनैपनि हालतम Exam मा भाग लिन दिदैन । अझ भन्छ, विद्यार्थीको लागि लिएको परिक्षा हो ! 
दशै बिदामा दशै होमवर्क दिन्छ, तर बिदा सकिएपछी सो होमवर्क चेक गर्दैन । सोच्दा हुन, ह्या किन चेक गर्नु र ? बेक्कारको टाउको दुखाइ ! 
First Terminal को रिजल्ट आउँछ, कोहि पास हुन्छन् त कोहि फेल ! पास भए त ठिकै छ, फेल हुनेलाई ६०० तिराएर Exam दिन लाउछन । एउटामा फेल भए नि ६०० रे, ५ ओटा मै फेल भए नि ६०० रे ! अनि भन्छ, यो त विद्यार्थीको लागि हो । अझ फेल भयो भन्दैमा अनिवार्य कलेज ट्युसनको त कुरै नगरौ, मासिक ४ हजार रे दैनिक ३ घन्टा पढाएको । 
फेरि अर्को Terminal Exam आउँछ अनि सुरु हुन्छ, यहि लुट्ने क्रम ! 
अनि HISSAN को Exam भन्दै छुट्टै पैसा तिराउछन, ६००, ७००, १००० सम्म कलेज हेरिकन !
अन्तिममा बोर्ड Exam को फर्म भर्न भन्दै फेरि पैसा माग्छन्, परिक्षा बोर्डले प्रति ब्यक्ति ६०० भनेर तोकेको हुन्छ, कलेजले १२०० सम्म उठाउछ्न । 
Absent भएको Fine को त कुरै नगरौं ! 
१२ मा पढ्दा ११ लाई Welcome program गर्नुपर्यो भनेर विद्यार्थी सग हजार/हजार रुपैयाँ उठाउछन । अनि विद्यार्थीको पैसाले हलमा कार्यक्रम गर्छन् । शिक्षकहरु छोरा-छोरी समेतलाई बोलाएर खुवाउछन, विद्यार्थीबाट उठाएको पैसाले । 
ल्याबमा Test Tube, अन्य सामानहरु झुक्किएर फुटाए पनि तिर्न लगाइहाल्छन । सामानहरु, प्रयोग गर्दा गर्दै फुट्ने त हो नि । के गर्नु ? दोब्बर, तेब्बेर मूल्य Fine लगाइदिन्छन । स्वयम् मैले एक दिन  Chemistry lab मा Practical गर्दा  Burrate भन्ने कुरा छुने बित्तिकै झ्यापै फुट्यो ! मेरो नाम लेख्न लगाए, १०-१२ दिन पछि बिल आयो (Refundable deposit void) भन्दै ! ५ हजार refundable deposit थियो, जुन +२ सक्काएपछी फिर्ता दिने भनेर भर्ना गर्ने बेला तिराइएको थियो । अब मैले त्यो नपाउने भए रे ! 
११ को रिजल्ट आयो, पास भए त ठिकै छ फेल हुने जतिले अब १२ मा पुरै फिस तिर्न पर्ने रे ! जुन कुरा विद्यार्थीलाई यस अघि कहिल्यै भनिएको समेत हुँदैन । 
१२ सक्कियो, अब कलेजको अन्तिम लुट्ने बेला आयो, अनि character certificate को लागि भन्दै ५ सय देखि – ३ हजार सम्म माग्छन् प्रति ब्यक्ती ! 
९ महिना जति पढाएर १२ महिनाको फिस लिने, दशै तिहार, एक महिना बिदा गरेपनि पैसा चै असुल्ने, Pre Board पछि कलेज नै बिदा हुने । जम्मा जम्मी कलेज ३६५ दिन लाग्यो कि लागेन होला, तर कलेज फिस चै  ३६५ × २ को बराबर नै तिरियो है ! 
यतिको लुट देख्दा पनि मेरो, तिम्रो अनि हामी सबैको मुख बन्द छ !