अर्घाखाँचीडट्कम संवाददाता
दाङ(अर्घाखाँचीडट्कम) । प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्र बहादुर खड्का बिजयी भएका छन् ।
खड्काको २ हजार २ सय ८० मतभारका साथ विजयी भएका हुन् ।
एकल संक्रमणीय निर्वाचन प्रणालीअनुसार विजयी हुन एकजना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने थियो ।
निर्वाचन परिणामअनुसार राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर ५ मा एमाले र माओवादीले दुई/दुई सदस्य जितेका छन् भने कांग्रेसले एक सदस्य जितेको छ । यस्तै खुलामा एमाले, माओवादी केन्द्र र कांग्रेसले एक/एक सदस्य जितेका छन् । दलितमा एमाले र अपांग अल्पसंख्यकमा माओवादी केन्द्र विजयी भएका छन् ।
साथै बिहिबार बिहान ८ बजे दाङ देउखुरी जिल्ला अदालतमा एक कार्यक्रमको आयोजना गरी निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई विजयी प्रमाणपत्र प्रदान गरिनेछ ।
दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सम्पन्न निर्वाचनको बेला असन्तुष्ट खड्काले आफनै सहकर्मी तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी विरुद्ध प्रतिनिधी सभामा बागी उम्मेदवारी दिने घोषणा गरेका थिए ।
माओवादीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै उनी अहिले केन्द्रीय सचिवालय सदस्य पदमा छन् ।