सन्धिखर्कमा सूचनाको हक सम्बन्धी अभियान सम्पन्न (तस्बिर सहित)

सागर परियार
सन्धिखर्क, अर्घाखाँची ।  सूचनाको हक सम्बन्धी अभियान अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा जनचेतना मूलक कार्यक्रम सन्धिखर्कमा  सम्पन्न भएको छ । 
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा, सुशासन प्रवद्धनका लागि नागरीक सञ्जाल अर्घाखाँची, नेपाल मिडिया नेटवर्कको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 
गैरसरकारी संस्था महासंघ अर्घाखाँची, सूचना तथा सुशासन अभियान सिआजी, पत्रकार महासंघ अर्घाखाँचीको सहकार्य तथा समन्वयमा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन, सूचना माग गर्ने तरिका साथै राष्ट्रिय सूचना आयागले खेल्ने भूमिकाको बारेमा तयार पारिएको ब्रोसर तथा पर्चा पम्प्लेट बिरण गरिएको थियो । 
कार्यक्रममा सहभागीलाई सूचनाको हक सम्बन्धी जानकारी मूलक पुस्तकहरु बितरण गरिएको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाका अध्यक्ष हृदयकुमार भुसालले जानकारी दिनुभयो । साथै उहाँका अनुसार सूचनाको हक सम्बन्धी ऐनको व्यवहारिक कार्यान्वयनमा लाग्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराइएको थियो । 
एकीकृत ग्रामीण विकास समाजले गुल्मी र अर्घाखाँची जिल्लामा सुशासन र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।