अर्घाखाँचीडट्कम संवाददाता
नई दिल्ली (अर्घाखाँचीडट्कम)। भारतको बैंगलोरमा अर्घाखाँची जिल्लाका एक युवाको घरको छतबाट खसेर निधन भएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं ११ जोगीमारे काक्रेका चौरका यम बहादुर खत्रीका २२ वर्षका छोरा सागर खत्रीको घरको छतबाट खसेर घाईते भई अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
रोजगारीको सिलसिलामा भारतको बेंगलुरुमा रहेका बाबु यमबहादुर खत्रीसँगै सागर पनि बस्दै आएका थिए । घटनापछि नेपाली संघ-संस्था लगायत अर्घाखाँचीबासी अस्पतालमा पुगेका थिए ।