दागबत्ती दिदै बुहारी कमला ।
अर्घाखाँचीडट्कम संवाददाता
बागी खोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लामा पहिलो पटक बुहारीले ससुरा बुबालाई दागबत्ती दिएकी छन् ।
पुरुषले मात्रै दागबत्ती दिनुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ दिलापाता अर्घाकी कमला थापाले ससुरा बाबु थम्मन बहादुर थापाको दागबत्ती दिएकी हुन् ।
मृतक थम्मन बहादुर थापाका एक छोरा भेषराज थापा वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेको र श्रीमान आउन ढिला हुने भन्दै कमलाले मंगलबार ससुरा बाबुको दागबत्ती दिएको स्थानियले अर्घाखाँचीडट्कमलाई बताए ।
अर्घाखाँचीमा बुहारी -महिलाले दागबत्ती दिएको यो पहिलो घटना हो । ६५ वर्षीय थम्मन बहादुर थापाको बाटो हिडदै गर्दा आकस्मित चक्कर आएर लड्दा मृत्यु भएको थियो ।
अन्तिम दाह्सस्कारमा एक छोरी सङ्गीता थापा पनि थिईन् । उता थम्मन बहादुर थापाकी ६० वर्षिया श्रीमती पनि रहेकी छन् । छोरा भेषराज थापा आज युएईबाट घर फर्किदै छन् ।
मृतक बागी खोलामा अन्तिम दाह्सस्कार गरिएको थियो । अन्तिम दाह्सस्कारमा ५० जना मलामी थिए ।