प्रहरीद्दारा खनदहका विद्यार्थीहरुलाई लागु औषध, लैङ्गिक बिभेद, बाल बिवाह , विधुतिय अपराध सम्बन्धी प्रशिक्षण

अर्घाखाँची संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वार्ड नं.- ३ स्थित श्री आदर्श मा.वि खनदहमा लागु औषध, लैङ्गिक बिभेद, बाल बिवाह , विधुतिय अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । 
ईलाका प्रहरी कार्यालय खन अर्घाखाँचीको आयोजनामा श्री आदर्श मा.वि खनदहका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई लागु औषध, लैङ्गिक बिभेद, बाल बिवाह , विधुतिय अपराध सम्बन्धी प्रशिक्षण दिएको हो । 
प्रशिक्षण  ईलाका प्रहरी कार्यालय खनका कार्यालय प्रमुख प्रहरी निरीक्षक गम्भिर जङ्ग थापाले दिएका थिए । 
प्रशिक्षणमा कक्षा ९ का २२० र कक्षा १० का २२५ जना विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।