हंसपुरको लोहोरीमा ८ महिनाको गर्भ पतन गराउने आमा र मेडिकल सञ्चालक पक्राउ

हंसपुर

प्रेमनारायण आचार्य 
हंसपुर, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिकामा गैरकानुनी रुपमा ८ महिनाको गर्भ गरी शिशुको हत्या गरेको आरोपमा आमा र एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मालारानी गाँउपालिकाको-५ हंसपुरको लोहोरीमा गर्भमा ८ महिना पुगिसकेको शिशुको असुक्षित गर्भपतन गरी हत्या गरेको आरोपमा आमा मेडिकल सञ्चालकलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीले जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा शिशुी आमा प्यूठान गौमुखी गाउँपालिका–५ की ४१ महिला र सिरहा सिसवानी घर भइ हाल अर्घाखाँची मालारानीको हंसपुरमा मेडिकल सञ्चालन गरी बस्ने ५६ वर्षीय लखन यादवलाई पक्राउ गरेको हो।
घटनाको अनुसन्धान भइरहेको शिशुको बाबु को थियो । भन्ने बारे कस्को शिशुकी आमाले नबताएको प्रहरीले जनाएको छ ।