अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ८ आँपखोला (साबिक किमडाँडा गाबिस ५) का बोमलाल भुसालले आफ्ना बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् ।
बोमलाल भुसालले आफ्ना स्वर्गीय बुबा इन्द्रमणी भुसाल र इन्जिनियर छोरा हरि प्रसाद भुसालको स्मृतिमा आँपखोला बोडखोलामा प्रतिक्षालय निर्माण गरि स्थानीय वार्डलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्षालय निर्माणमा करिव १ लाख ५० हजार रुपैया खर्च गरेका छन् ।
प्रतिक्षालय निर्माण पछि सो क्षेत्रका आँपखोला, घोँचाकोट, वल्लाटोला, पल्लाटोला लगायतका १ सय बढी घरपरिवार लाभावन्दित हुनेछन् ।
बोमलालका माइलो छोरा इन्जिनियर हरि प्रसाद भुसाल लण्डन जाने तैयारीको अन्तिम समयमा आफ्ना बुबा-आमालाई मनकामना दर्शन गराउने क्रममा सबारी दुर्घटनामा ३३ बर्षको उमेरमा २०६४ असार ३० गते निधन भएको थियो।
– सहयोगी बिसीबाट