नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची १० फागुन । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्ज कमल केसीले आफुहरुलाई राज्यले दमनगरीराखेमा प्रतिरोध स्वरुप बन्दुक उठाउन पनी सकिने बताउनु भएको छ ।
बिहिबार सन्धिखर्कमा कथित बामसरकारको ज्यादति र लोकतन्त्र बिषयक अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै नेता केसीले यस्तो प्रतिकृया दिनुभएको हो । अहिले पार्टीले बिचारको बन्दुक हानीरहेको तर सरकारको यस्तै रबैया रहेमा देश र जनताको हितको लागी जस्तो सुकै मुल्य चुकाउन पनी आफ्नो पार्टी पछी नपर्ने भन्दै बर्गीयमुक्ति बिना जातीय मुक्ति असम्भब रहेकोले अन्याय र अत्यचारको बिरुद्धमा लड्न सबै एकजुट हुनुको बिकल्प नभएको बताउनु भयो ।
साथै नेता केसीले बिनाकारण प्रहरीको हिरासतमा राखीएका आफ्ना पार्टीका नेता सुर्दशन लगायतका नेता कार्यकर्तालाई तत्काल रीहा गर्नपनी माग गर्नु भयो । फरक प्रसंगमा नेता केसीले केन्द्रीय निति अनुसार राज्यलाई कर छली गरेकोले एनसेलका टाबरहरु हानिएको बताउनु भएको थियो । 
कार्यक्रम नेकपाका कार्यालय सचिब प्रभासको अध्यक्षता र बिद्यार्थी नेता कुलराज बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।